Versions Compared

Key

  • This line was added.
  • This line was removed.
  • Formatting was changed.
Panel
panelIconIdatlassian-info
panelIcon:info:
bgColor#EAE6FF

Translated by: sudin6, kissmers, narub
Verified by: HeyAnugya

आधिकारिक पाई नेटवर्क सामुदायीक विकीमा तपाईलाई स्वागत छ! 

यी विकी पृष्ठहरू पाई च्याट मोडरेटर समुदायद्वारा सम्पादन गरी राखिएका हुन् र पाई कोर टीमका आधिकारिक भनाईहरू यसमा छैनन्। तर यस वेबसाइट मार्फत पेश गरिएको ईमेलहरू पाई कोर टीम द्वारा अनुगमन भने गरिन्छ।

...

Table of Contents
minLevel2
maxLevel2

.

...

.

कसरी साइन इन गर्ने ? मैले कसरी साइन अप गरेको बिर्सिएँ वा मैले आफ्नो पासवर्ड बिर्सें 

यो महत्त्वपूर्ण छ कि तपाईं पाई खाता खोल्दा जुन विधि प्रयोग गर्नु भएको थियो त्यसै विधि मार्फत साईन इन गर्नुहोस् अर्थात् फेसबुकबाट वा पासवर्डको साथ फोन नम्बरबाट। यदि तपाइँ खाता दर्ताको क्रममा तपाइँको मूल विधिबाट फरक विधि वा फरक फोन नम्बर प्रयोग गर्नु भयो भने, तपाइँ पूर्णतया नयाँ खाता सिर्जना गर्नुहुन्छ, एप भित्र कुनै पाइ माइन नभएको। यसको मतलब तपाईंको मूल खाताको पाई हरायो भन्ने होइन। त्यसैले, यदि तपाईंलाई साईन ईन गर्ने प्रयास गर्दा पहिलो र अन्तिम नाम वा प्रयोगकर्ता नाम प्रविष्ट गर्न सोधियो भने, कृपया रोक्नुहोस्। यस साइन-इन विधिको साथ नयाँ खाता सिर्जना नगर्नुहोस् र अर्को विधि (फेसबुकको ठाउँमा फोन नम्बर वा फोन नम्बरको ठाउँमा फेसबुकबाट) वा तपाईंको अर्को फोन नम्बर अर्थात पहिले प्रयोग गर्नु भएको फोन नम्बर राखेर प्रयास गर्नुहोस्।

...

साइन-इन प्रयास ३: तपाईंको मोबाईलमा VPN को प्रयोग गरेर वा बन्द गरेर साइन-इन प्रयास गर्नुहोस्

शीर्षमा फर्कनुहोस्

...

.

सुरक्षा समुह

मेरो सुरक्षा समुहमा सदस्यहरु कसरी थप्ने ? 

...

तपाईं अझै पनी पाई एप चलाउन र पाई माईन गर्न सक्षम हुनुहुन्छ। यदि तपाईं अन्य ब्यक्तिहरूलाई तपाईंको सुरक्षा समुहमा थप्नुहुन्छ भने, तपाईंको खनन दर वृद्धि हुनेछ।

शीर्षमा फर्कनुहोस्

...

.

पाई नेटवर्कको पाइलट KYC समाधान जारी

पाई कोर टोलीले एक पायलट KYC समाधान विकसित गरेको छ जसले प्रारम्भमा प्रति देश १०० जना पाई प्रयोगकर्ताले भर्न सक्नु हुने छ । यि पायोनियरहरुलाई KYC भर्ने अवसर छ र हाम्रो एपको प्रणालिहरुलाई सुधार गर्न मद्दत गर्नुहोस् ताकि हाम्रो समाधान मेननेट अघि सके सम्म धेरै पायोनियरहरुमा लागु गर्न सकियोस् । छोटो अवधिमा हामी यो प्रारम्भिक 100 पायोनियर प्रति देश भन्दा पायलट संस्करणको लागि बिस्तारै थप KYC स्लटहरू रोलआउट गर्नेछौं । 

...

 सहभागिता स्तर र अन्य मेननेट प्यारामिटरहरूमा निर्भर गर्दै, हामी पायनियरहरूले मेननेट पछि KYC गर्न सक्छन् वा गर्दैनन् भन्ने निर्णय गर्नेछौं । नछुटाउनुहोस् ! पाई कमाउन जारी राख्न र हाम्रो साप्ताहिक सामग्रीको साथ जारी राख्न पाई एपमा दैनिक जाँच गर्नुहोस् :)

शीर्षमा फर्कनुहोस्

...

.

खाताको सेटिङ

म कसरी खाताको मेरो नाम परिवर्तन गर्न सक्छु?म कसरी खाताको मेरो नाम परिवर्तन गर्न सक्छु?

...

भविष्यमा हामी एप भित्र यस्तो सुविधा पाउने आशा गर्दछौं, जहाँ तपाईं नक्कली खाता घोषणा गर्न सक्षम हुनुहुनेछ र यसलाई हटाउनका लागि अनुरोध गर्न सक्नुहुनेछ। कृपया सुनिश्चित गर्नुहोस् कि तपाईंले सेवा शर्तहरूको उल्लंघनबाट बच्नको लागि नक्कली खाताको घोषणा गर्नुभयो।

शीर्षमा फर्कनुहोस्

...

.

कमाई समुह र आमन्त्रण कोड

मेरो कमाई समुहमा म कसरी अधिक सदस्यहरू बनाउन सक्छु?

...

हामी बुझ्छौं कि यस्तो बोनस मेटाउँदा तपाईंको शेष रकममा कमी देख्नु दुर्भाग्यपूर्ण हुन सक्छ। यद्यपि यो एक अनुचित फाइदा हो किनकि पाइ नीतिहरूले परिभाषित गरेको छ कि पाई मात्र प्रति व्यक्ति एक खाताको साथ वास्तविक मानिसको हातमा जानेछ, र भनिएको छ कि नक्कली खाताहरूबाट खनन वा कमाई गरिएका सबै पाइ नष्ट गरिनेछन्। नक्कली खाताहरूबाट कमाइएको पाई राख्नु अनुचित हो। कल्पना गर्नुहोस् कि कुनै एक खराब प्रयोगकर्ताको जसले उच्च दरमा पाइ कमाउन धेरै नक्कली खाताहरू सिर्जना गर्न सक्नेछ। त्यसकारण हाम्रो नेटवर्कमा विश्वसनीयता र निष्पक्षता कायम गर्न, हामी कसैलाई पनि नक्कली खाताहरूबाट कुनै पनि प्रकारको पुरस्कार मार्फत अनुचित रूपमा पाई कमाउन अनुमति दिन सक्दैनौं।

शीर्षमा फर्कनुहोस्

...

.

मैले कसरी पाई माईन गर्ने ?

 चौबिस घण्टे माईनिंग अवधि सुचारु गर्न माईनिंग बटन (बिजुली जस्तै चम्किलो ) थिच्नुहोस् । २४ घण्टाको अवधि समाप्त भए पछि, नयाँ माईनिंग अवधि सुचारु गर्न तपाईं माईनिंग बटन थिच्न सक्नुहुन्छ ।

...

 यस्तो देखिन्छ कि तपाईंले नयाँ खाता सृजना गर्नु भए झै,तपाईको मूल खातामा साईन ईन गर्नु हुदा । कृपया कसरी साईन ईन गर्ने भन्ने सम्बन्धित लेख पढ्नुहोस् - मैले बिर्सिए कसरी साइन अप गर्ने भनेर ।

शीर्षमा फर्कनुहोस्

...

.

कुराकानी

 च्याटरुमको नियमहरू

 पाई नेटवर्कले निम्न ब्यबहारलाई अनुमति दिदैन:

...

 यदि च्याट रूमको नियमहरू उल्लंघन भएमा पोष्ट ब्लक हुन सक्छ वा एक पायोनियर मौन हुन सक्छ ।

शीर्षमा फर्कनुहोस्

...

.

कसरी साइन अप गर्ने

त्यहाँ हाल दुई विधिहरू छन् जुन तपाईले साइन अप गर्न सक्नुहुन्छ:

...

जब पाई एपमा उच्च आवागमन हुन्छ,यो समय प्रक्रिया सफल हुन सक्दैन् । त्यसो भएमा, कृपया पुन: पछि प्रयास गर्नुहोस् ।

शीर्षमा फर्कनुहोस्

...

.

नोड कसरी सेट अप गर्ने

चरणबद्ध सहयोगका साथ नोड स्थापनाको लागि, कृपया हाम्रो अन्य सामुदायीक विकी (Wiki) पेज हेर्न यहाँ थिच्नुहोस्: https://github.com/pi-node/instructions/wiki । यदि यो अन्य विकीले तपाईंको समस्या समाधान गर्न मद्दत गर्दैन भने, तपाईं github पेजमा समस्या राख्न सक्नु हुनेछ। साथै, यदि तपाईंले मे १, २०२० भन्दा पहिले आवेदन पेश गर्नु भएको भए तपाईंले एपमा नोड आवेदक च्याट रूममा गएर थप मार्गदर्शन प्राप्त गर्न सक्नु हुनेछ।

कृपया याद गर्नुहोस् कि यो एक परीक्षण चरण हो, जसको उद्देश्य हाम्रो समुदायको विश्वब्यापि छरिएका विविध हार्डवेयर, सफ्टवेयर र इन्टरनेट जडानबाट प्राप्त भएका समस्याहरूलाई सतहमा ल्याउनु हो। हाम्रो लक्ष्य धेरै नोड आवेदकहरूलाई यि चरणहरू सफलतापूर्वक स्थापना गर्न सक्षम गर्नु हो। त्यस पछि, हामी एक विश्वसनीय र सुरक्षित संजाल स्थापना गर्नका लागि हार्डवेयर उपकरण र सफ्टवेयरको आवश्यकताहरू जाँच गर्न सक्छौं। यदि हाल तपाईं सबै चरणहरू पूरा गर्न असफल हुनु हुन्छ भने पनि यसले हामीलाई उपयोगी जानकारी प्रदान गर्दछ किनकि हामी हाम्रो समुदायबाट विभिन्न प्रकारका उपकरणहरू समायोजन गर्न बिभिन्न आवश्यक सुधारहरु गर्न सक्नेछौं।

शीर्षमा फर्कनुहोस्

...

.

कसरी साइन इन गर्ने - फेसबुक सँग

 निर्देशनहरू

यदि तपाईँको खाता फेसबुक बाट प्रमाणित गर्नु भएको छ भने,

...

 फेसबुक प्रमाणहरू प्रयोग गरेर लग-ईन गर्न कुनै थहाँ भएका बगहरू छैनन् । यदि तपाईँ फेसबुक मार्फत लग ईन गर्न असमर्थ हुनु हुन्छ भने यो सम्भव छ कि तपाईँले आफ्नो खाता फोन नम्बर र पासवर्डले दर्ता गरि सकेको हुनु पर्दछ ।

शीर्षमा फर्कनुहोस्

...

.

कसरी साइन इन गर्ने - फोन नम्बरको बाट 

यदि तपाईंको खाता दर्ता गरिएको छ वा तपाईंको फोन नम्बर सँग प्रमाणित गरिएको छ भने, तपाईंको खातामा लगईन गर्नका लागि “फोन नम्बरका साथ जारी राख्नुहोस्” मा थिच्नुहोस, फोन नम्बर प्रविष्ट गर्नुहोस् जुन तपाईंले दर्ता गर्ने समयमा प्रयोग गर्नु भएको थियो (जब सम्म तपाईं परीक्षणको चरणमा आफ्नो फोन नम्बर परिवर्तन गर्नुहुन्न) र निर्देशनहरू पालना गर्नुहोस् ।

...

  • साइन इन प्रयास १:- तपाईंको फोन बन्द गर्नुहोस् र फेरि खोल्नुहोस्

  • साइन इन प्रयास २:- तपाईंको वाइफाइ बन्द गर्नुहोस् (र तपाईंको डाटा प्रयोग गर्नुहोस् ।

  • साइन इन प्रयास ३:- तपाईं VPN को साथ प्रयास गर्नुहोस्

  • साइन इन प्रयास ४:- तपाईं VPN बन्द गरेर प्रयास गर्नुहोस्

शीर्षमा फर्कनुहोस्

...

.

कसरी तपाइँको पाई खाता प्रमाणित गर्ने

के मैले मेरो फोन नम्बर वा फेसबुकको साथ प्रमाणिकरण गर्नु पर्छ?

...

१४. समुदायले-अनुरोध गरिएको सुविधाहरू र बग फिक्सहरू (यो बारम्बार अपडेट भई रहने कारण अनुवाद गरिएको छैन।)

शीर्षमा फर्कनुहोस्

...

.

स्क्याम(ठगी)हरु देखि सावधान!

जति पाई नेटवर्कको बृद्धि हुंदै गयो, हाल त्यति नै पाई सामिल भएको दाबी गर्ने स्क्याम(ठगी)हरूमा बृद्धि भएको छ। याद गर्नुहोस् कि पाई खनन(माइनिंग) नि: शुल्क छ तर हाल बिक्री योग्य छैन। पाई फ्यूचर, पाइको कुनै डेरिभेटिभ आदि जस्ता पाई बेच्ने दावी गर्ने कुनै ब्यक्ति वा संस्था सँग पाई नेटवर्क आबद्द छैन। त्यस्ता सबै बिक्रीहरू अनधिकृत हुन् र तपाईंको पैसा वा व्यक्तिगत डाटा गुम्ने खतरा हुन सक्छ। पाई हाल कुनै पनि खरीद बिक्री वा फ्यूचर एक्सचेन्जमा सूचिकृत छैन वा अन्य मुद्रा/क्रिप्टोकरेन्सीहरू संग कारोबार गर्न मिल्ने भएको छैन। 

...

यदि तपाईंले कुनै घोटाला वा शंकास्पद गतिविधि फेला पार्नु भयो भने, कृपया त्यस्ता घोटालाको प्रमाण सहित हाम्रो सपोर्ट पोर्टल मार्फत ईमेल अनुरोधको रूपमा पठाउनुहोस्, र स्क्याम रिपोर्ट फारम भरेर पठाउनुहोस्। यदि कुनै पायनीयर पाई च्याटरुमहरूमा पाई किन्ने, बेच्ने वा कारोबार गर्ने प्रयास गरिरहेका छन् भने, यो हाम्रो सेवा सर्तहरूको उल्लङ्घन हो। यदि तपाईंले यस्ता गतिविधिहरु देख्नुहुन्छ भने, कृपया उल्लंघनकर्ताको सन्देशको स्क्रीनशट लिनुहोस् र हाम्रो सपोर्ट पोर्टल मार्फत ईमेल अनुरोध पठाउनुहोस्, र स्क्याम रिपोर्ट फाराम भरेर पठाउनुहोस्।

शीर्षमा फर्कनुहोस्

...

.

Pi वालेट र ब्राउजर

ब्राउजर

पाई ब्राउजरले विकेन्द्रीकृत संसारमा वेब अनुभव प्रदान गर्न चाहन्छ । कुनै वेब २.० एप्सहरु अवस्थित वेब ब्राउजरहरू समर्थनको साथ साथै,पाई ब्राउजरले मानिसहरूलाई विकेन्द्रीकृत एप्सहरुमा ब्राउज गर्न, अन्तर्क्रिया गर्न र लेनदेन गर्न सक्षम गर्दछ - एप्लिकेसनहरू जुन ब्लकचेन टेक्नोलोजी सँग एकीकृत हुन्छ - सहज र मैत्रीपूर्ण प्रयोगकर्ता अनुभवको लागि । थप रूपमा, पाई ब्राउजर सँग चयनित पाई एप्सहरूको एक निर्देशिका र यसको आफ्नै DNS प्रणाली हुनेछ । पाई डोमेनहरूको सम्पूर्ण नयाँ वर्ग समर्थन गर्न । उदाहरणको लागि वर्तमान एपमा - पाई वालेट, पाई च्याट्स, माईनिंग, Brainstorm - ब्राउजरको URL क्षेत्रमा क्रमश: wallet.pi, chats.pi, mine.pi र brainstorm.pi टाइप गर्न सुलभ हुनेछ । भविष्यमा, तेस्रो-पार्टी डेभलपर्सहरू द्वारा अधिक पाई एपहरू चयन र निर्देशिकामा थपिनेछन् र समान पाई URLहरु मार्फत पहुँच हुने छ । डेभलपर्सहरूले पहिले गैर- पाई डोमेनहरूको माध्यमबाट तिनीहरूको एपमा पुनरावृत्ति गर्न सक्षम हुनेछ ।

...

तपाईको पाई वालेट सृजना भए पछि, पाई टेष्टनेटको लागि १०० टेस्ट-पाईको साथ टेस्टनेटमा टेस्ट-पाई सँग लेनदेनको लागि परीक्षण यसमा आरम्भ गर्नेछ । जस्तै तपाई फेज थ्रि  ( यस बर्षको अन्त्यमा ) प्रक्षेपण पछि मेननेटमा हुनु हुनेछ । हामी जोड दिन चाहन्छौं कि टेस्ट-पाई ( वा परीक्षण-π ) वास्तविक पाई हैन ! यसले वास्तविक पाईको कारोबार सक्षम गर्दैन । टेस्ट-पाई केवल पाई टेष्टनेटमा लेनदेनको परीक्षणको उद्देश्यको लागि हो र कुनै मुल्य समावेश गर्दैन । वालेटमा टेस्ट-पाई ब्यालेन्स रिसेट हुन सक्छ किन भने टेस्टनेट आवधिक रूपमा परीक्षणको भागको रूपमा रिसेट हुनेछ । कृपया याद गर्नुहोस् कि हाल पाईको बिक्री अनधिकृत छ र सेवा सर्तहरू उल्लंघन गर्नु भएमा, यसको परिणाम खाता फ्रिज गर्न मिल्ने छ  ।

शीर्षमा फर्कनुहोस्

...

.

मेननेटको तयारी

मेननेटको तयारी

 मेननेट माइग्रेसनको लागि समुदायलाई तयार गर्न, हामी अहिले मेननेट सँग सम्बन्धित केही मोबाइल-एप सुविधाहरू जारी गर्दैछौं, जसले समुदायलाई मेननेट लन्च हुनु अघि बुझ्न, प्रश्नहरू सोध्न र सेटिङहरू पूर्व चयन गर्न समय दिन्छ । एउटा विशेषताले पायोनियरको ब्यालेन्स (जस्तै आफैले माईनिंग ब्यालेन्स), मेननेटमा स्थानान्तरणयोग्य ब्यालेन्स र उनीहरूको टोलीका सदस्यहरूलाई श्रेय दिने ब्यालेन्सको ब्रेकडाउन प्रदर्शन गरिरहेको छ । थप रूपमा, हामी अर्को महत्त्वपूर्ण सुविधा पनि जारी गर्दैछौं जसले पायोनियरहरूलाई स्वेच्छिक रूपमा तिनीहरूको स्थानान्तरण योग्य ब्यालेन्सको एक अंश माईनमा पछि उच्च दरमा लक गर्न अनुमति दिन्छ । लकअप सुविधाले पायनियरहरूलाई तिनीहरूको स्वैच्छिक लकअप सेटिङ कन्फिगरेसनहरू छनोट गर्न दिन्छ जुन मेननेट सुरु भए पछि र पायोनियरले KYC पास गरे पछि तिनीहरूको मेननेट स्थानान्तरणमा लागू हुनेछ ।

...

 लकअपले कसरी काम गर्छ र गणना गरिन्छ भन्ने बारे थप विस्तृत व्याख्याको लागि कृपया एपमा रहेको लकअप सुविधा इन्टरफेसलाई हेर्नुहोस् । जब हामीले यस महिनाको अन्त्यमा मेननेटको प्रारम्भिक संस्करण लन्च गर्छौं, हामी व्हाइटपेपरको अद्यावधिक खण्डहरू पनि जारी गर्नेछौं । त्यहाँ, तपाईले सटीक र पूर्ण मेननेट सूत्रहरू र संयन्त्रहरू हेर्न सक्षम हुनु हुनेछ ।

शीर्षमा फर्कनुहोस्

...

.

रोडम्याप

रोडम्याप

 पाई नेटवर्क हाम्रो प्राविधिक र इकोसिस्टम डिजाइन र विकासमा हाम्रो सामुदायिक इनपुटको महत्त्वमा अद्वितीय छ । यो विशिष्टता एक विचारशील र पुनरावृत्ति दृष्टिकोण द्वारा उत्कृष्ट रूपमा सेवा गरिन्छ जसले समुदाय प्रतिक्रिया,उत्पादन,सुविधाहरू र प्रयोगकर्ता अनुभव र माइलस्टोनहरू द्वारा परिभाषित चरणहरूको परीक्षणको लागि अनुमति दिन्छ । हाम्रो विकासका तीन मुख्य चरणहरू छन्: (१) बिटा, (२) टेस्टनेट, र (३) मेननेट।

...

  • सुरुमा, फायरवाल मेननेट (अर्थात, संलग्न नेटवर्क),

  • र त्यस पछि,मेननेट खोल्नुहोस् (अर्थात, खुला नेटवर्क)।

संलग्न नेटवर्क अवधि

 यो अवधि डिसेम्बर 2021 मा सुरु हुनेछ । संलग्न नेटवर्क अवधिको मतलब मेननेट प्रत्यक्ष छ तर फायरवाल सँग कुनै पनि अनावश्यक बाह्य जडान रोक्छ । पायोनियरहरु KYC मा समय लिन र आफ्नो पाईलाई प्रत्यक्ष मेननेट ब्लकचेनमा स्थानान्तरण गर्न सक्षम हुनेछन् । मेननेटमा माइग्रेट गरिएको कुनै पनि ब्यालेन्स, पायोनियरको छनोट द्वारा, पाई एपहरूमा सामान र सेवाहरू खरिद गर्न,अन्य पायनियरहरूमा स्थानान्तरण गर्न वा उच्च माईनिंग दरको लागि समय अवधिको लागि लक गर्न प्रयोग गर्न सकिन्छ । KYC'ed पासोनियरहरूले पाई नेटवर्क भित्र संलग्न वातावरणमा मेननेटमा आफ्नो पाई स्वतन्त्र रूपमा प्रयोग गर्न सक्षम हुनेछन् ।यद्यपि, यस अवधिले पाई ब्लकचेन र अन्य ब्लकचेनहरू बीचको जडानलाई अनुमति दिँदैन ।

...

 हामीले मेननेटमा फायरवाल थपेर र यस अन्तरिम अवधिको लागि विशेष रूपमा मेननेट नोडहरू चलाएर माथिका प्रतिबन्धहरू लागू गर्नेछौं । सामुदायिक नोडहरू संलग्न नेटवर्क अवधिमा टेष्टनेटमा चल्न जारी रहनेछन् । हामी खुला नेटवर्क अवधिको लागि तयारीमा इन्टरफेस र नोडहरूमा अन्य परिवर्तनहरू लागू गर्न जारी राख्नेछौं जहाँ सामुदायिक नोडहरू मेननेटमा चल्न सक्षम हुनेछन् । अर्को अवधि - खुला नेटवर्कमा पुगे पछि यसलाई संलग्न राख्न नेटवर्कको प्रतिबन्धहरू खुकुलो हुनेछन् ।

खुला नेटवर्क अवधि

 संलग्न नेटवर्क अर्थव्यवस्थाको परिपक्वता र KYC को प्रगतिमा निर्भर गर्दै, यो अवधि पाई दिवस (मार्च 14, 2022), Pi2 दिन (जुन 28, 2022) वा पछि सुरु हुन सक्छ । खुला नेटवर्क अवधिको अर्थ हो कि संलग्न नेटवर्क अवधिमा फायरवाल हटाइनेछ, कुनै पनि बाह्य जडानलाई अनुमति दिँदै, जस्तै, अन्य नेटवर्कहरू, वालेटहरू, र पाई मेननेटमा जडान गर्न चाहने जो कोही । API कलहरू फायरवाल हुने छैनन्, र पायोनियरहरूले आफ्नै पाई नोडहरू र API सेवाहरू चलाउन सक्षम हुनेछन् । पासोनियरहरू सँग अन्य ब्लकचेनहरू सँग जडान हुनेछ । सामुदायिक नोडहरूले पनि मेननेट चलाउन सक्छ ।

...